मितिः २०८१, ५ असार मंगलवार

गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई पक्राउ गरेको छ ।
सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई आजै सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.