मितिः २०८१, १ असार शुक्रबार

प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब फूल आयात, चितवनमा २५ लाखको माग

प्रेम दिवसका लागि नेपालमा एक करोड ६० लाखको गुलाब फूल भारतबाट आयात भएको छ । प्रेम दिवसका लागि भारतबाट दुई लाख ६० हजार गुलाबको स्टिक आयात हुनेछ ।
विभिन्न डेको रुपमा सात दिनसम्म मनाइने प्रेम दिवसका लागि चितवनमा करिब २५ लाखको गुलाब फूलको माग भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । आयात भएको फुलको ६० प्रतिशत काठमाडौँमा र ४० प्रतिशत काठमाडौँ उपत्यकाबाहिर खपत हुने जनाइएको छ । चितवनमा २५ हजार गुलाबको स्टिकको माग रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ ।
नेपालमा गुलाब फूलमा लगानी हुन नसक्नाले र उच्चतम प्रविधि भित्र्याउन नसक्नाले प्रेम दिवसमा ९० प्रतिशत गुलाबको माग गर्न भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ । गुलाब फूल भारतका विभिन्न सहर बैङ्लोर, कोलकाता र दिल्लीबाट आयात हुन्छ ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले यसवर्ष चितवनमा गुलाब फूलको उत्पादन नै नभएको बताउनुभयो । सौराहा, नारायणगढलगायतका बजारमा भारतबाट गुलाबको स्टिक आउने जनाइएको छ । गत वर्ष चितवनमा २५ हजार फूलको स्टिक खपत भएको हुनाले यसवर्ष पनि त्यत्तिकै मात्रामा माग भएको पन्तको भनाई छ । प्रेम दिवसको सात दिनसम्म चितवनका पुष्प व्यवसायीले मोटामोटी २५ लाखको स्टिक बेच्ने प्रक्षेपण गरेका छन् ।
चितवनको बजारमा एउटा गुलाबको स्टिकलाई ९० रूपैयाँदेखि एकसय दश रूपैयाँसम्म खुद्रा मूल्य पर्ने व्यवसायीहरुको भनाइ छ । स्टिकको गुणस्तर हेरेर व्यवसायीले मूल्य तोक्नेछन् । प्रेम दिवस सुरू भइसकेको हुनाले व्यवसायीहरुले स्टिक आयात गरी बिक्रीवितरण गर्न थालेका छन् । प्रेम दिवसमा गुलाब फूल दिएर प्रेम साटासाट गर्ने प्रचलन छ । नेपालमा मात्रै नभएर विश्वमा नै फेब्रुअरी ७ देखि १४ सम्मलाई पे्रम सप्ताहका रुपमा मनाउने गरिन्छ । प्रेमीप्रेमिकाहरुले एकअर्कालाई प्रेमको प्रतीकका रुपमा रातो गुलाब दिएर प्रेम दर्शाउने गर्दछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.