मितिः २०८१, १ असार शुक्रबार

आज साँझ चितवन आउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान आज साँझ चितवन आउँदै हुनुहुन्छ । उहाँको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लाग्नुभएको छ । भोली शनिबार र पर्सी आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने चितवन आउन लाग्नुभएको हो ।
लामिछाने सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उहाँका सहयोगी प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

लामिछानेले भोली शनिबार बिहान साढे ६ बजे मौलाकालिका मन्दिरको दर्शन गर्नुहुनेछ । त्यसपछि आफ्नो निवासमा पुगि खाना खाएर खैरहनी जानुहुनेछ । त्यहाँ एक कार्यक्रममा सहभागी भई करिब २ बजेतिर कोटिहोम महायज्ञ र साढे २ बजेतिर लंकुस्थित अर्काे महायज्ञमा सहभागी हुनुहुनेछ । भोली बेलुकीपख मेघौली र गोलाघाटमा आयोजित विभिन्न कार्यक्रममा पनि लामिछाने सहभागी हुने तय भएको जनाइएको छ ।
लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट भारी मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँको नागरिकता सर्वाेच्च अदालतले अवैध ठहर गरेपछि उहाँको सांसद पद नै खारेज भएको थियो । अहिले भने उहाँले नयाँ नागरिकता लिइसक्नुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.