मितिः २०८१, १० जेष्ठ बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन ।
यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँहरूले पनि प्रदेश प्रमुख जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.