मितिः २०८१, १ असार शुक्रबार

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक गर्भवती महिला र उनकी छोरीको जीवितै उद्धार, भुकम्पबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार गरिएको छ ।
टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट आमाछोरीको उद्धार गरिएको जनाइएको छ ।
यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो । अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ । हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना गर्वभती महिला र उहाँको १० दिनको शिशुको पनि जीवितै उद्धार भएको थियो ।

उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । उद्धार कार्यमा एक लाख ६६ हजार जनाभन्दा बढी मानिस खटिएको जनाइएको छ । उक्त भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । टर्कीमा २० हजार छ सय ६५ जना र सिरियामा तीनहजार पाँचसय जनाको ज्यान गएको पुष्टि भइसकेको बताइएको छ । टर्कीमा सोमवार बिहान सात दशमलव आठ रेक्टर र दिउँसो सात दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.