मितिः २०८१, ७ जेष्ठ सोमबार

Day: २०७९, २९ माघ आईतवार १०:५०

म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो

पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा तीनवटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो । म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएकाले कारबाही स्वरुप ठेक्का तोडिएको…
Read More
कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे–नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । कर्जा सूचना केन्द्रको विवरण अनुसार इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ । यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।…
Read More
चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग

चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)सँग चितवनमा निर्वाचन छिटो हुनुपर्ने माग गर्नुभएको हो । उक्त जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पार्नुभएको थियो । चितवन २ बाट गत मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित हुनुभएको थियो ।उहाँको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उहाँको पद खारेज गरिदिएको थियो…
Read More
भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । भुकम्पको पिडाका बिच लुटपाटका घटना बढ्दै जादा यसले झन् चिन्ता बढाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै टर्कीमा हालसम्म ४८ जनालाई पक्राउ गरिसकेको छ । लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको र सोही कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको बताइएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गर्नुभएको छ । टर्की र सिरियामा गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म…
Read More
मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ…
Read More
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल

हिजो शनिवार राति सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपसभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित हुनुभएको छ । पौडेलले निकटतम प्रतिस्पर्धी विजय शर्मा भुसाललाई ५७ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । पौडेलले एक सय १८ मत प्राप्त गर्दा भुसालले ६१ मत प्राप्त गर्नुभएको थियो । उक्त समितिको खुला सदस्यमा सात र महिला सदस्य तीनजना निर्वाचित भएका छन् । जसमा शशी महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दीपककुमार खड्का,…
Read More
सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आज आइतबार बिहान भएको वार्तासँगै छ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका छन् । सरकार एक साताभित्रै ‘विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’लाई अध्ययन गरेर पुनरावलोकन गर्ने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने सहमत भएको नेपाल चिकित्सक संघले जनाएको छ ।यस्तै, भीभीआईपीको आवागमनको नाममा चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्न माथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ । यसका साथै नेपाल चिकित्सक संघ र सरकारबीच स्वास्थ्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.