मितिः २०८१, १ असार शुक्रबार

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । भुकम्पको पिडाका बिच लुटपाटका घटना बढ्दै जादा यसले झन् चिन्ता बढाएको छ ।
प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै टर्कीमा हालसम्म ४८ जनालाई पक्राउ गरिसकेको छ । लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको र सोही कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको बताइएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गर्नुभएको छ । टर्की र सिरियामा गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.