मितिः २०८१, ५ असार मंगलवार

काठमाडौंको गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

गृहमन्त्रालयले हिजो सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिनुभएको हो ।

यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए । त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । हिजो सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.