मितिः २०८१, १ असार शुक्रबार

स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा मटिहानी–८ का २९ वर्षका महेश यादव रहेका छन् । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएकोे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.