मितिः २०८१, ५ असार मंगलवार

चितवनको राप्ती नदीमा डुबेर भरतपुरका न्यौपानेको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको उहाँको भनाई छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.