मितिः २०८१, १ असार शुक्रबार

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो ।
वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाउनुभएको थियो । बेल्जियमका सञ्चारमाध्यमका अनुसार पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढल्नुभएको थियो ।
मैदानमै अचेत हुनुभएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगेको भएपनि त्यसको केही समयपछि नै उहाँको मृत्यु भएको हो ।
रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने सार्वजनिक गरिएको छैन । खेलका लागि विन्कल स्पोर्ट्सबाट इस्पिलसँगै उहाँका भाइ पनि बेन्चमा हुनुुहुन्थ्यो ।
विन्कल स्पोर्ट्स बीका गोलकिपर इस्पिलको निधनमा विन्कल स्पोर्ट्सले गहिरो समवेदना प्रकट गरेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.