मितिः २०८१, ५ असार मंगलवार

यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

गत आईतबार यातायात मजदुरको प्रदर्शनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् ।
घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न छ जना र मोबाइल पसल लुटपाटमा चार जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप नौ जना र लुटपाटमा संलग्न थप चार जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।
यता काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आगजनी तोडफोडमा संलग्न १२ जना र मोबाइल पसल लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरी आज बिहीबार सार्वजनिक गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.