मितिः २०८१, १ असार शुक्रबार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आरसी लामिछानेले तीनसय ५६ मत प्राप्त गर्नुभएको छ ।
अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत हिजो बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचत हुनुभएको छ ।
विद्युतीय मेसिनबाट भएको उक्त निर्वाचनमा एकहजार पाँचसय १७ जनाले मतदान गरेका थिए । उक्त चुनावबाट आउँदो दुई वर्षका लागि १७ पदाधिकारीसहित एकसय ९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एकहजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.