मितिः २०८१, १ असार शुक्रबार

पोखरामा बस दुर्घटना, चालकसहित ४२ जना घाइते

पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा जादै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.