मितिः २०८१, ५ असार मंगलवार

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि कैलाली कारागारबाट रिहा हुनुभएको हो ।
१३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते कारागार चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार चासय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.