मितिः १६ चैत्र २०८०, शुक्रबार

अर्थतन्त्र

रत्ननगरको मृगकुञ्ज सहकारीमा तालाबन्दी भएपछि उम्मेदवारी दर्ता रोकियो

रत्ननगरको मृगकुञ्ज सहकारीमा तालाबन्दी भएपछि उम्मेदवारी दर्ता रोकियो

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा आज बुधबार तालाबन्दी भएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रियामा रहेको संस्थालाई निर्वाचन समितिले अयोग्य ठहर गर्दै ४० जनाको उम्मेदवारी बदर गरेपछि असन्तुष्ट बनेका उम्मेदवारहरुले संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् । संस्थाको कार्यालयमा तालाबन्दी भएपछि आज बुधबार बिहान ९ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ताको कामसमेत रोकिएको छ । सो सहकारीको विवाद चरमउत्कर्षमा पुगेपछि रत्ननगर नगरपाालिकाले फागुन २१ गतेभित्र समिति गठन गर्न निर्देशनात्मक पत्र पठाएको थियो । नगरपालिकाले सहकारीलाई पठाएको पत्रअनुसार निर्वाचन समितिले फागुन २० गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक…
Read More
भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण र कित्ताकाट खुला

भरतपुर महानगरद्वारा जग्गाको वर्गीकरण र कित्ताकाट खुला

भरतपुर महानगरपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेस गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताउनुभयो । वर्गीकरणअन्तर्गत आवासीय क्षेत्रमा छ मिटर सडक…
Read More
बुटवलको देवीनगर–रंगशाला सडक बनाउन माग गर्दै वडा कार्यालयमा ताला

बुटवलको देवीनगर–रंगशाला सडक बनाउन माग गर्दै वडा कार्यालयमा ताला

बुटवलको देवीनगर चोकदेखि रंगशाला जाने सडक निर्माण छिटो पूरा गर्न माग गर्दै स्थानीयले बुटवल उपमहानगरपालिक–११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । २०७४ सालमा काम सुरु भएको उक्त सडक निर्माणको काम अदालतमा मुद्दा परेपछि रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको भन्दै दबाव दिन स्थानीयले तालाबन्दी गरेका हुन् । सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि दबाव दिन तालाबन्दी गरेको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनुभयो । उक्त सडक छ करोड ४९ लाख २४ हजार रुपैयाँमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा…
Read More
भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो

भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट भेटियो

भारतबाट नेपालमा आएको चार वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको चार वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो । निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती चार वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो । भारतबाट आएको चार वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । अहिले झापाको चारआली शाखामा रहेको चार वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको बताइएको छ । डिजेलमा मटीतेल मिसावटको आशंका भएकाले छानबिन समितिले मिसावटको…
Read More
दुई हप्तादेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

दुई हप्तादेखि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि आठ हजार मेट्रिक टन कोइला आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छसय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । आपूर्ति भएको एक हजार छसय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चापदार्थ पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । बाँकी कोइला आउने क्रममा रहेको छ । भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट कोइलाको आपूर्ति भइरहेको जनाइएको छ ।
Read More
चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र,निर्माण कम्पनी सम्पर्कविहीन

चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र परेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएपछि शवदाह निर्माण अलपत्र परेको हो । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन । २०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो । सो समयावधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीलाई जरिवाना लगाएको सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ…
Read More
पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि भने रात्रिकालीन सेवा दिन सुरु गर्न लागिएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली लागू भएसँगै अब उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको र आजदेखि भने रात्रिकालीन सेवा पनि सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । गत पुष १७ गतेदेखि…
Read More
मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ । कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य…
Read More
चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.