चितवन । भरतपुर महानगरपालिका–२९ मा श्रीमान् –श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षिय शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा …
Read More »मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न
चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश ढुङ्गानाको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढुङ्गानाले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि …
Read More »१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु भएको छ । उक्त महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कलात्मक पानसमा दियो बालेर उद्धघाटन गर्नुभएको छ । यसअघि महोत्सवको उद्धघाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको थियो । …
Read More »चितवनका १८ क्रसर उद्योग बन्द
चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा एक, वडा नं.२९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।यस्तैं, …
Read More »माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोमा पनि खुल्ने
देवघाटधाममा लाग्ने माघे संक्र्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुल्ने भएको छ । तीर्थालुको चाप बढी हुने भएकाले अब आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिनको लागि दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । यो …
Read More »चितवनमा सवारी लाइसेन्स ः यातायात कार्यालयविरुद्ध सद्गुरुले हाल्यो सर्वाेच्चमा रिट
यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्च अदालतमा रिट हालेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट हालेको हो । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले …
Read More »भरतपुरमा बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै
भरतपुर महानगरपालिकामा पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाइदैछ । महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आज शुक्रवार र पर्सि २४ गते आईतबार गरी …
Read More »चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु
चितवनमा यस आर्थिक वर्ष २०७९÷८० को हालसम्म डेंगु संक्रमणबाट छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता छ जनाको मृत्यु भएको हो । त्यस्तै, यस आवको हालसम्म १३ हजार चारसय ९८ जनामा डेंगु परीक्षण हुँदा तीन हजार दुईसय ९२ जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये …
Read More »रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु
पूर्वी चितवनको रत्ननगरमा कुखुरा फार्मको विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आउनुभएका करिब ३१ वर्षीय विश्व परियारको करेन्ट लागेर मृत्यु भएको हो । रत्ननगर–३ स्थित बेल्सीपुल नजिकै हिमशिखर पोल्ट्री फर्मको कुखुरा नभएको खाली खोरमा बुधबार राती …
Read More »युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिकलाई रत्ननगरमा सम्मान
भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा–६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले हिजो बुधबार सम्मान गरेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको …
Read More »