चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युतको पोल गाडीसक्दा पनि बिजुली भने नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि हिजो सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो । अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार …
Read More »पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवनको माग
नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना कोषाध्यक्ष पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । …
Read More »फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता
फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । हिजो आईतबार बसेको जिल्ला शाखाको बैठकले उक्त सदस्यता खुला गरेको हो । पुस १५ गतेसम्म सदस्यता खुला गरिएको संघले जनाएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्नेछन् …
Read More »भरतपुरमा बिहे भोज खाएका करिब दुई सय बिरामी
चितवनको भरतपुरमा बिहे भोज खाएका करिब दुई सय जना बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फका बिरामी परेका हुन् । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएको बिरामी …
Read More »समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले दियो अल्टिमेटम
भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । हिजो आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी …
Read More »चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद
संजय दुवाडी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल सात दलमध्ये चितवनबाट तीन दलले मात्रै समानुपातिक सांसद् पाएका छन् । देशभरमा समानुपातिकमा दोस्रो पार्टी बन्न सफल नेपाली कांग्रेसबाट दुई जना र नेकपा माओवादी केन्द्रबाट तीन जनाले मात्रै सांसद् पाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेस र माओवादीले सांसद् पाउँदै गर्दा नेकपा एमाले, …
Read More »आऊ प्रिय माया साटौं एकान्तमा रमाएर – गजल, सुमन कडरिया
आऊ प्रिय माया साटौं एकान्तमा रमाएर सामीप्यता भव्य पारौं नितान्तमा रमाएर न्यानो ओत दिन सकूँ तिमीलाई सधैंभरि प्रणयको फराकिलो सिद्धान्तमा रमाएर हाम्रो प्रिय सम्बन्धले यो अँध्यारो उजिल्याऊँ दियालोझैं आलोक छरी शान्तमा रमाएर तिम्रो बाटो हेराइमा आँखाहरु बिछ्याको छु आऊ सुन्दर पारौं जीवन उप्रान्तमा रमाएर जिन्दगीको दौरानमा छकाएछौ भने पनि बाँच्ने …
Read More »चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का
चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४ लाख रुपैयाँमा हाल किनबेच भएको पश्चिम चितवनमा जग्गा व्यवसाय गर्दै आउनुभएका गणेश गुरुङले …
Read More »पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने
पाँच वर्षपछि आज आइतबार नारायणगढमा नेपथ्य व्याण्डले ‘लाइभ कन्सर्ट’ गर्ने भएको छ । पाँच वर्षको अन्तरालमा आज नारायणगढको क्याम्पाचौरमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट गर्न लागेको हो । यसअघि नेपथ्य व्याण्डले २०७४ साल माघ १ गते नारायणी नदीकिनारमा लाइभ कन्सर्ट गरेको थियो । चितवनमा नेपथ्यको यो आठौँ प्रस्तुति हो । ‘मानवताको …
Read More »मगर संघ भरतपुर–२६ को भवन उद्घाटन
नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नम्बर–२६ ज्योतिनगरको हिजो शनिवार भवन उद्घाटन गरिएको छ । उक्त भवनको उद्घघाटन वडाध्यक्ष ज्ञानप्रसाद खनालले गर्नुभएको हो । सो अवसरमा बोल्दै खनालले वडाका तर्फबाट संघलाई निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले बाँकी काम पुरा गर्न आवश्यक सहयोग र सहजिकरण गरिने जानकारी दिनुभयो । मगर …
Read More »