मितिः २०८१, २० आश्विन आईतवार

चितवन सेरोफेरो

चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)सँग चितवनमा निर्वाचन छिटो हुनुपर्ने माग गर्नुभएको हो । उक्त जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै …

Read More »

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल

हिजो शनिवार राति सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपसभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित हुनुभएको छ । पौडेलले निकटतम …

Read More »

सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको गैँडाको जीवितै उद्धार

पूर्वीचितवनको पर्यटकीय नगरी सौराहामा सेफ्टी ट्याङ्कीमा फँसेको एउटा गैँडाको जीवितै उद्धार गरिएको छ । आहाराको खोजीमा बस्तीमा छिरेको उक्त गैँडा सौराहास्थित रिभर भ्यू जङ्गल क्याम्प र हनी हाउसले संयुक्तरुपमा प्रयोग गर्ने गरेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेको थियो । राती करिब दुई बजे सेफ्टी ट्यांकीमा फँसेको उक्त गैँडाको बिहान साढे ४ …

Read More »

‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ । पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि …

Read More »

दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालयमै पुगेर चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा …

Read More »

चितवनमा दुई मोटरसाइकल ठक्कर खाँदा खैरहनीका बस्यालको ज्यान गयो

पूर्वपश्चिम राजमार्गको रत्ननगर–९,टिकौली जङ्गलमा हिजो बिहीबार बेलुकी साढे आठ बजेको समयमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना१६ प १७२७ नम्बरको मोटरसाइकल र भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना२१ प ७२५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले …

Read More »

आज साँझ चितवन आउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान आज साँझ चितवन आउँदै हुनुहुन्छ । उहाँको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लाग्नुभएको छ । भोली शनिबार र पर्सी आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने चितवन आउन लाग्नुभएको हो । लामिछाने सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उहाँका सहयोगी …

Read More »

गैँडाको खाग बिक्री गर्ने चितवनका छ सहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैँडाको चोरी शिकारमा संलग्न १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा शिकारमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी शिकारीलाई पक्राउ गरेको हो । लामो समयदेखि …

Read More »

गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई पक्राउ गरेको छ । सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आजै सार्वजनिक गर्ने …

Read More »

कालिका नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार गर्दै

कालिका नगरपालिकामा असि वर्ष माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका जेष्ठ नागरिकहरुको घर– घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम सुरु गरिएको छ । कालिका नगर उप प्रमुख बिमल तामाङ्गबाट कालिका चार पिपरिया टोलमा कार्यक्रम गरि स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शुभारम्भ गरिएको हो । कालिका नगरपालिकाको …

Read More »