मितिः २०८१, ७ चैत्र शुक्रबार

चितवन सेरोफेरो

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु, शनिबार निःशुल्क शिविर

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु, शनिबार निःशुल्क शिविर

चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको जनाइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार निःशुल्क शिविर आयोजना गरिएको छ । चिकित्सा विधामा पछिल्लो समय अभ्यासमा आएको दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सेवा सुरु गरेको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँले दुखाईको उपचार टिमवर्क भएको भन्दै उहाँले पेन फिजिसियनसँगै यससँग सम्बन्धित अन्य सुविधाहरु पनि अस्पतालमा रहेको जानकारी दिनुभयो । भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गर्नुभएका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा. रोहित बाल्यानले दुखाई सम्बन्धी उपचार सेवा दिनुहुने बताइएको छ । दुखाइका कारण स्मरणशक्ति,…
Read More
तीन दिने गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

तीन दिने गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

चितवनको पटिहानीमा आजदेखि दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल सुरु हुँदैछ । थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म हुने उक्त छलफलमा एसियाका पाँच देशका उच्च अधिकारीहरूको सहभागी रहनेछ । छलफलमा नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारीको सहभागीता रहने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने जनाइएको छ । यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने पन्तले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नुहुनेछ…
Read More
चितवनका दुई एसपी र डिएसपीको सरुवा

चितवनका दुई एसपी र डिएसपीको सरुवा

चितवनका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकको सरूवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको हो । जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँमा सरूवा हुनुभएको हो ।
Read More
प्रणय दिवस’ को अवसरमा सौराहामा फुड फेस्टिबलको आयोजना हुने

प्रणय दिवस’ को अवसरमा सौराहामा फुड फेस्टिबलको आयोजना हुने

चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘प्रणय दिवस’ को अवसरमा फुड फेस्टिबल आयोजना हुने भएको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १७ औँ सौराहा फुड फेस्टिबल २०७९ आयोजना गर्न लागिएको हो । शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहालाई विश्व पर्यटन बजारमा थप परिचित बनाउन ‘प्रणय दिवस’ को अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म सडकमा फुड फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिनुभयो । हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानिय, स्वदेशी तथा…
Read More
चितवनको कालिका– ३ मा सरसफाई अभियान सुरु

चितवनको कालिका– ३ मा सरसफाई अभियान सुरु

चितवनको कालिका नगरपालिका वडा नं ३ मा सरसफाई तथा चेतनामुलक अभियान सुरु भएको छ । वडालाई सरसफाईमा नमुना वडा बनाउने उद्देश्यले टोल विकास संस्था परिचालन गरी सरसफाई अभियान सुरु गरिएको हो । आज विहीबार सो नगरपालिकाका मेयर विनोद रेग्मीले वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभियानको सुरुवात गर्नुभएको छ । सो अवसरमा उहाँले आगामी आर्थिक बर्ष २०८०–८१ बाट फोहोर व्यवस्थापनको काम सुरु गर्ने योजना अनुरुप प्रक्रिया सुरु भइसकेको बताउनुभयो । पदमपुर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइड राख्ने गरी प्रस्ताबना लेखनको काम भइरहेको भन्दै उहाँले घरबाट निस्कने कुहिने फोहोरलाई जैविक मलको रुपमा प्रयोग गर्ने र प्लाष्टिक र सिसाजन्य फोहोरको…
Read More
सविता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका ससुरा, श्रीमान्, र अमाजूले पाए सफाइ

सविता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका ससुरा, श्रीमान्, र अमाजूले पाए सफाइ

अभियोग दाबी नपुगेपछि सविता भण्डारी (धिताल) मृत्यु घटनाका तीन जना प्रतिवादीले सफाइ पाएका छन् । आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका मृतक भण्डारीका ससुरा, श्रीमान्, अमाजूले गत माघ ४ गते जिल्ला अदालत चितवनबाट सफाइ पाएका हुन् । मुद्दा दर्ता भएको एक वर्ष आठ महिनामा अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो । विसं २०७८ वैशाख ४ गते दिउँसोको करिब ५ बजे सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । मृत्यु हुनुभन्दा अघिल्लो दिन (वैशाख ३ गते) सविता र योगेन्द्रले सातौँ विवाह वर्षगाँठ मनाउनु भएको थियो । त्यसको भोलिपल्ट नै…
Read More
आज सिमसार दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाइँदै

आज सिमसार दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाइँदै

‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ आज बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ । दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ । नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार पाँचसय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो । कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् । यस्तै गोक्यो तथा आसपासका ताल, माइ…
Read More
इच्छाकामना गाउँपालिकाले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्ने

इच्छाकामना गाउँपालिकाले किसानका लागि कृषि एम्बुलेन्स खरिद गर्ने

चितवनको इच्छाकामना गाउँपालिकाले पहाडी भुगोलमा रहेका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीको लागि कृषि एम्बुलेन्स खरिद गर्ने भएको छ । विशेष गरेर गाउँपालिकाको वडा नं. १, २ र ७ को पहाडी भू–भागमा रहेका किसानहरुलाई लक्षित गरि उक्त एम्बुलेन्स खरिद गर्ने तयारीमा लागिएको हो । यसका लागि गाउँपालिकाले साझेदारीमा ४० लाख रुपैयाँको बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले बताउनुभयो । गाउँपालिकाले उक्त बजेटबाट तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने उहाँको भनाई छ । स्थानीय कृषि समूह तथा सहकारीहरुसँग सहकार्य गरी ती एम्बुलेन्स सञ्चालन गरिनेछ । साथै कृषि एम्बुलेन्समा सहकारीको २५ प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र नेपाल सरकारको ५०…
Read More
सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण सुरु, मेयर सापकोटाद्धारा शिलान्यास

सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण सुरु, मेयर सापकोटाद्धारा शिलान्यास

चितवनको पर्यटकीय नगरी सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण कार्यको प्रारम्भ गरिएको छ । सौराहाको पर्यटन विकासका लागि १४ करोड १० लाखको लगानीमा सडक निर्माण सुरु गरिएको हो । रत्ननगरका मेयर प्रल्हाद सापकोटाको पहलमा केन्द्र सरकारको लगानीमा आर्कषक सडक निर्माण कार्य सुरु भएको हो । राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्ष डा.विश्वनाथ पौडेलको सहजीकरणमा परेको सो सडक आज बुधबार मेयर सापकोटाले शिलान्यास गर्नुभएपछि निर्माणको काम सुरु भएको छ । सौराहाको राप्तीड्याक देखि पूर्व तर्फ हर्नहरी पुल सम्म करिब एक हजार पाँचसय मिटर नमुना सडक निर्माण हुने छ । १५ मिटर चौडाई रहने सडकमा कलोपत्रे पिचसंगै साइकललेन, फुटपाथ र ढल निर्माण हुनेछ…
Read More
भरतपुर महानगरले मेनरोडको खाल्डो नपुरेपछि स्थानीयद्धारा वृक्षारोपण गरेर विरोध

भरतपुर महानगरले मेनरोडको खाल्डो नपुरेपछि स्थानीयद्धारा वृक्षारोपण गरेर विरोध

भरतपुर महानगरपालिकाले नारायणगढस्थित मेनरोडको खाल्डो नपुरेपछि स्थानीयले खाल्डोमा वृक्षारोपण गरेर महानगरको विरोध गरेका छन् । सडकमा खाल्डो परेको एक वर्ष भइसक्दा पनि पुर्ने काम नभएको भन्दै स्थानीयले खाल्डोमा वृक्षरोपण गरेर महानगरको विरोध गरेका हुन् । खाल्डो पुर्न आफुहरुले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीयको भनाई छ । सडकमा भएको खाल्डोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप खाल्डोमा वृक्षारोपण गरेका हुन् । वडा कार्यालयले गिट्टी ल्याएर खाल्डो पुरेपनि सवारी साधन गुड्दा गिट्टी उछिट्टिएर पैदल यात्रु घाइते भएको स्थानीय उमेश कडेलले बताउनुभयो । पिच गर्ने काम सडक विभागको हुने भनेर वडाध्यक्ष पन्छिएको स्थानीयको गुनासो छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.