सांसदहरूको शपथ आउँदो बिहिवार
प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ बिहिवार १ बजे हुने भएको छ । गत मंसिर ४को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका दुईसय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते बिहिवार शपथ गर्ने तयारी गरिरहेको हो । नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको बताइएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने प्रावधान छ । सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको सोही विवरणअनुसार तीनजना सांसदको उमेर ८० वर्ष र एक सांसदको उमेर ८५ वर्ष पुगेको निर्वाचन…