मितिः २०८१, २६ भाद्र बुधबार

राजनिती

अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने सहमति

फौजदारी अपराधको आरोपमा पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सहमति जुटेको छ । आज शुक्रबार बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित …

Read More »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।सोबारे जाँचबुझको लागि पदबाट निलम्बन गरिएको हो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा …

Read More »

माओवादी केन्द्रको पार्टी उपाध्यक्षमा सापकोटा र पम्फा बढुवा

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटा र उपमहासचिव पम्फा भुसाललाई पार्टी उपाध्यक्ष बनाएको छ । माओवादी केन्द्रले हिजो सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरेको हो । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष हुनुहुन्थ्यो । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहनुभएको थिएन …

Read More »

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, एकसाथ तीन निकायबाट कागजात झिकाउने निर्णय

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । उक्त कार्यालयले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको …

Read More »

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा …

Read More »

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि …

Read More »

सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा …

Read More »

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री …

Read More »

चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवन क्षेत्र नम्बर २ मा चैतपछि मात्रै उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवनमा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको हो । उहाँका अनुसार मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने थपलियाको भनाई छ । …

Read More »

दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहनुभएकी समान्था पावर दुईदिने भ्रमणका लागि आज मंगलबार बिहान नेपाल आइपुग्नुभएको छ । नेपाल आएलगत्तै समान्था भक्तपुर पग्नुभएको छ । अमेरिकी दूतावासका अनुसार उहाँले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ । समान्थाको यस भ्रमणलाई …

Read More »