नेपाल रेडक्रस सोसाइटीले विभिन्न जिल्लास्थित रेडक्रसका निकायलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा प्रदान गरेको हो । आज मंगलबार काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरी ‘ख’ वर्गका एम्वुलेन्स खरिद गरी ३० जिल्ला स्थित रेडक्रसका निकायहरु मार्फत सञ्चालन गर्ने गरी सम्वन्धित जिल्लाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो …
Read More »नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति …
Read More »पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा निधन
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको आज मंगलबार निधन भएको छ । ५९ वर्षिय घलेको उपचारकै क्रममा शिक्षण अस्पताल काठमाडौंमा निधन भएको हो । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराउनुभएका घले केही समयदेखि नेपालमै उपचाररत हुनुहुन्थ्यो । व्यवसायी समेत रहनुभएका मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको …
Read More »मधेस प्रदेशले पुर्णता पायो, माओवादी सरकारमा सहभागी
मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ ग्रहण हुनेछ । भागबण्डामा एउटा मात्रै …
Read More »पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै
पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।यसअघि आठ पटकसम्म साधारण तारिख र छ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ । २०७२ …
Read More »राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि सोमवार …
Read More »कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ ः एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गर्नुभएको छ । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी समेत गर्नुभयो । यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिएको छ भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सत्ता …
Read More »बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश
बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्नुभएको छ । बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । उहाँ बारा क्षेत्र नं २ (१) बाट नौहजार दुईसय ९५ मत …
Read More »चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उहाँको पद खारेज भएपछि अहिले चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । लामिछानेको पद खोरेज भएसँगै चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहेकै बेला गत मंसिरको निर्वाचनमा दोस्रो हुनुभएका …
Read More »नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रवार जेल चलान हुनुभएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हिजो बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएको थियो । उहाँलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ …
Read More »