मितिः २०८१, ७ चैत्र शुक्रबार

राजनिती

सरकारले गर्यो एकैपटक २६ सहसचिवको सरुवा

सरकारले गर्यो एकैपटक २६ सहसचिवको सरुवा

सरकारले २६ सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सहसचिव सरुवा गरीएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरिएको हो । यसअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गर्दै आएकोमा यसपटक क्याबिनेटबाट सहसचिवको सरुवा गरिएको हो । सूचीअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयको सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै गरी अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्माको गृहमन्त्रालय,…
Read More
परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । उहाँलाई श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुनेछ ।सो अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि शुक्रबार पौड्याल श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै पर्सि २१ गते श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ पर्नुभएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरी आज पक्राउ पर्नुभएको हो । उहाँले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा खेपिरहनुभएको थियो । त्यसको साथै उहाँमाथि टीकापुर घटनामा संलग्न भएको मुद्दा पनि परेको थियो । १० वर्षअघि आगजनी गरेको कसूरमा चौधरीमाथि कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । यो बीचमा उहाँ सांसद बनेर आएपछि सो फैसला कार्यान्वयन हुन नसकेको विषय बाहिर आएको थियो । चौधरी गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो…
Read More
राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज बिहीबार बिहान केन्द्रीय संसदीय कार्यसमितिको बैठकमा त्यसबारे छलफल गर्नुभएको हो । उक्त बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ भने त्यसका लागि राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समन्वय र परामर्श गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ । बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवारी दिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले उम्मेदवारी दिन्छौं, त्यसैको तयारीबारे छलफल भयो । साथै राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर सकेसम्म कांग्रेसको उम्मेदवारलाई विजयी गराऔं भन्ने…
Read More
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी

राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनुभएको हो । सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ । तर, यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले भने तत्कालै गृहमन्त्रालय दिने मनस्थितिमा नभएको बुझिएको छ । लामछानेले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने प्रम दाहालले बताउनुभएको थियो ।
Read More
अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
Read More
राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव अब आउँदो फागनु २५ गते बिहिवार हुने भएको छ । निर्वाचन आयोगले आज सोमबार राष्ट्रपतिको चुनावको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्ष कार्यकाल २०७९ फागनु २९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । यस्तै आयोगले उपराष्ट्रपतिको चुनावको मिति पनि तय गरेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी मिति तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन २०७४ चैत ४ मा निर्वाचित हुनुभएको थियो ।
Read More
गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले यहि माघ १३ गते नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उहाँको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानैले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ । गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भन्ने विषयमा भने छलफल नभएको बताइएको छ । यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने ढकालको भनाई छ । त्यसो त गैरसांसदलाई…
Read More
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो । राष्ट्रिय सभा उपाध्यक्ष पद एक वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभाको…
Read More
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम लगायतले बहस सकेपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गर्नुभएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.