मितिः २०८१, ७ चैत्र शुक्रबार

राजनिती

एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र…
Read More
निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगले जनाएको छ । आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा…
Read More
राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ’ज्ञानेन्द्र’लाई प्रमुख सचेतक बनाएको छ । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो । शाही जुम्लाबाट निर्वाचित सांसद हुनुहन्छ । उहाँले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराउनु भएको थियो ।
Read More
सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनु भएको थियो । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्तारुढ दलहरुबीच सहमति भएको थियो । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ,…
Read More
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Read More
सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन । तर, सोमबार राति बसेको सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।
Read More
लुम्बिनीका मुख्यमन्त्री  गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आउँदो माघ ५ गते विश्वासको मत लिने हुनुभएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुईस्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३…
Read More
सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । आज मंगलबार भएको मतदानमा उहाँले २९ मत पाएर बहुमत प्राप्त गर्नुभएको हो । यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित हुनुभएको हो । उहाँ बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । आज भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०,…
Read More
प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले आज मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । प्रधानमन्त्री बनेकोे भोलिपल्ट अर्थात् गत पुस ११ मा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिन नै आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन् । जसपा समेतका दलहरुलाई समेट्न केही मन्त्रायय बाँकी राख्दै आज मन्त्रिमण्डल विस्तार गरिएको हो । नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहणसमेत गरिसक्नुभएको छ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी आठवटा मन्त्रालय…
Read More
चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवन क्षेत्र नः३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजेपछि हुँदैछ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.