मितिः २०८१, २० आश्विन आईतवार

राजनिती

राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि दल दर्ता आह्वान ः भोलिदेखि २८ गतेसम्म निवेदन दिन सकिने

निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा …

Read More »

नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपालमा, द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्याउन पहल गर्ने पतिबद्धता

नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ आज नेपाल आइपुग्नुभएको छ । नेपालका लागि चीनको २२ औँ राजदूतको जिम्मेवारी सम्हाल्न उहाँ आज आइतवार काठमाडौं आइपुग्नुभएको हो । काठमाण्डौ आएलगत्तै ट्विट गर्दै राजदूत सोङले हिमालय वारपार चीन–नेपाल नेपाल मित्रता अमर रहोस् भन्नुभएको छ । यस्तै उहाँले नेपालमा चिनियाँ राजदूतको रूपमा काम …

Read More »

सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता निरौला विजयी

सर्वोच्च बार एसोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको उक्त चुनावमा निरौलाले दुई सय ८९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ …

Read More »

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत थम्पसन आज शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्नुभएको हो । राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच …

Read More »

स्ववियु निर्वाचन चैत ५ मा गर्न प्रस्ताव

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले अब आउँदो चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा आज बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो । विद्यार्थी संघ÷संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् …

Read More »

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उक्त प्रदेशमा नयाँ सरकार गठनका लागि आउँदो २५ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्नुभएको …

Read More »

राष्ट्रिय सभाको रिक्त स्थानका लागि माघ २५ मा निर्वाचन

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि अब आउँदो माघ २५ मा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो माघ २५ मा निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएकोे थियो । लुम्बिनी …

Read More »

अब सांसदलाई विद्युतीय हाजिरी

राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ । सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था …

Read More »

आउँदो २३ मा सर्वोच्च बारको निर्वाचन

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आउँदो पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक र …

Read More »

आउँदो माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन !

निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले आज प्रधानमन्त्री …

Read More »