कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा
कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । ‘म्याकुरी’का नाममा चिनिँदै आउनुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीकाका अनुसार उहाँमाथि थप अनुसन्धान भइरहेको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कुटपिट घटनापछि दुवैलाई गएराति पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । पक्राउ पर्नुभएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोप लगाइएको छ । बेलबारीकै एक होटलमा मादक पदार्थ पिएका…