मितिः २०८१, २६ भाद्र बुधबार

फिचर-समाचार

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले …

Read More »

आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्रको अवसरमा काठमाडौंको सैनिक मञ्ज टुँडिखेलमा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका …

Read More »

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी आरसी लामिछानेले तीनसय ५६ मत प्राप्त गर्नुभएको छ । अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत हिजो बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन हुनुभएको छ । त्यस्तै, …

Read More »

यातायात मजदुरको प्रदर्शनमा प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ

गत आईतबार यातायात मजदुरको प्रदर्शनका क्रममा नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् । घटनास्थलको फुटेज हेरेर काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ …

Read More »

बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । हिजै फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा …

Read More »

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा एक महिलाको दुर्घटनामा परी मृत्यु भएको विषयमा भएको प्रदर्शनका क्रममा आज सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा …

Read More »

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की …

Read More »

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

सरकारले आज फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् …

Read More »

दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई चितवनका किसानको ध्यानाकर्षण पत्र

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालयमै पुगेर चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा …

Read More »

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा हुनुभएको छ । माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनुभएका भट्राईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी …

Read More »