मितिः २०८१, ४ फाल्गुन आईतवार

सुदुरपश्चिम

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि कैलाली कारागारबाट रिहा हुनुभएको हो । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते कारागार चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार…
Read More
नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले कैद सजाय भुक्तान गरिरहनुभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गर्नुभएको थियो । सोही प्रस्तावमा मन्त्रिपरिषद्को हिजो बिहीबारको बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । चौधरी आगजनी मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी करार भई सजाय भुक्तानरत रहेको जानकारी पाएपछि गृहमन्त्रालयले चौधरीको बाँकी सजाय मिनाहाका लागि मन्त्रिपरिषद्मा सिफारिस…
Read More
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । आज शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनुपर्ने उल्लेख छ । ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता छ ।’ संघीयता धान्न नेपालमा स्रोत साधन नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्रमा मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको हो । रावललाई यसअघि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएन । यसैबीच नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।…
Read More
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ । ५३ सदस्यीय प्रदेश सभामा…
Read More
पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।यसअघि आठ पटकसम्म साधारण तारिख र छ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्ष पछि २०७७ साल पुस ३…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रवार जेल चलान हुनुभएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हिजो बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएको थियो । उहाँलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहनुभएका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरी नेपालगञ्जबाट जहाजमा काठमाडौं लगिएका थियो । फेरी हिजो बिहिवार नै जहाजमार्फत धनगढी पु¥याइएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार हुनुहुन्थ्यो । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते लु २ त…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ पर्नुभएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरी आज पक्राउ पर्नुभएको हो । उहाँले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा खेपिरहनुभएको थियो । त्यसको साथै उहाँमाथि टीकापुर घटनामा संलग्न भएको मुद्दा पनि परेको थियो । १० वर्षअघि आगजनी गरेको कसूरमा चौधरीमाथि कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । यो बीचमा उहाँ सांसद बनेर आएपछि सो फैसला कार्यान्वयन हुन नसकेको विषय बाहिर आएको थियो । चौधरी गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो…
Read More
कैलालीमा ११ किलो चरेशसहित चार जना पक्राउ

कैलालीमा ११ किलो चरेशसहित चार जना पक्राउ

कैलालीमा ११ किलो नौसय ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । आज मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामी रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला…
Read More
भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

मङ्गलबार गएको भूकम्पका कारण बाजुरामा ४२ परिवार विस्थापित भएका छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ गरी ४२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पबाट प्रभावित परिवार आफन्तकहाँ बसेका छन् । घरमा बस्न सक्ने अवस्था नरहेका पाँच परिवार भने त्रिपालको सहारमा छन् । बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार त्रिपालमुनि रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उक्त भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले सङ्कलन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.