मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, २५ मंसिर आईतवार ११:३०

एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो । जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता डा. मुकुल …

Read More »

चितवनमा घट्यो जग्गाको भाउः मालपोतमा किनबेच नै रोक्का

चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ । बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो । चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४ लाख रुपैयाँमा हाल किनबेच भएको पश्चिम चितवनमा जग्गा व्यवसाय गर्दै आउनुभएका गणेश गुरुङले …

Read More »

पाँच वर्षपछि नारायणगढमा नेपथ्यको कन्सर्ट ः छ हजार दर्शक आज क्याम्पाचौरमा झुम्ने

पाँच वर्षपछि आज आइतबार नारायणगढमा नेपथ्य व्याण्डले ‘लाइभ कन्सर्ट’ गर्ने भएको छ । पाँच वर्षको अन्तरालमा आज नारायणगढको क्याम्पाचौरमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट गर्न लागेको हो । यसअघि नेपथ्य व्याण्डले २०७४ साल माघ १ गते नारायणी नदीकिनारमा लाइभ कन्सर्ट गरेको थियो । चितवनमा नेपथ्यको यो आठौँ प्रस्तुति हो । ‘मानवताको …

Read More »

मगर संघ भरतपुर–२६ को भवन उद्घाटन

नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नम्बर–२६ ज्योतिनगरको हिजो शनिवार भवन उद्घाटन गरिएको छ । उक्त भवनको उद्घघाटन वडाध्यक्ष ज्ञानप्रसाद खनालले गर्नुभएको हो । सो अवसरमा बोल्दै खनालले वडाका तर्फबाट संघलाई निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले बाँकी काम पुरा गर्न आवश्यक सहयोग र सहजिकरण गरिने जानकारी दिनुभयो । मगर …

Read More »

खहरे खोलाको पानी ल्याउन चितवनबासीको श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ …

Read More »

कांग्रेसबाट प्रदेश सांसद बने चितवनका तीन नेतृ

नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेतृ बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले हिजो शनिबार निर्वाचन आयोगलाई बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको …

Read More »