मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, ३ पुष आईतवार १०:५९

चितवनमा सवारी दुर्घटनाको बढ्दो ग्राफः पाँच महिनामा गयो ४० जनाको ज्यान

चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । गत साउनदेखि अहिलेसम्म भएका एकसय ७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेहरुमा ३३ पुरुष, पाँच महिला, एक बालक र एक बालिका रहेका छन् । ९१ …

Read More »

चितवनबाट सरदर दैनिक ४० जना जान्छन वैदेशिक रोजगारीमा

चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट तीनहजार छ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जसमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या छसय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ …

Read More »

भरतपुर महानगर क्षेत्रका २० वटा सीसी क्यामरा प्रयोगविहीन, अपराध नियन्त्रणमा कठिनाई

भरतपुर महानगरपालिकाको सार्वजनिक क्षेत्रमा जडान गरिएको आधा भन्दा धेरै सीसीटिभी क्यामेरा सञ्चालन नहुदा अपराध नियन्त्रण कार्य कठिन भएको छ । बजारको चोक र सडकको वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटनाका घटनाको अनुसन्धानमा सहयोगी हुने क्यामरा बिग्रदा चितवन प्रहरीलाई अपराध नियन्त्रणमा कठिनाई भएको हो । जिल्लामा ३७ वटा सीसी क्यामेरा …

Read More »

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा आज बिहान सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ । सडक चौडा गर्ने क्रममा पुलनजिक सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । खुलाउने प्रयास भइरहेको र अहिले स–साना गाडीहरू पास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खाल्डोमा माटो राखेर पुरेर सडक …

Read More »

राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले हस्तान्तरण गर्यो तीन कट्ठा जग्गा

कालिका नगरपालिका वडा नं ९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले करिब सात लाख ५० हजार मुल्य बराबरको तीन कट्ठा जग्गा प्रदान गरेको छ । सीमान्तकृत चेपाङ समुदायका बालवालिका अध्यायन गर्ने सो विद्यालयलाई भवन निर्माणको लागि जग्गा अभाव भएपछि रोटरी क्लवले जग्गा हस्तान्तरण गरेको हो । …

Read More »

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ …

Read More »

चितवनमा मिटर व्याजीविरुद्ध परे २२ उजुरी, १२ उजुरीमाथि अनुसन्धान हुँदै

जिल्ला प्रशासन कार्यालय चितवनमा मिटरव्याजीविरुद्ध हालसम्म २२ उजुरी परेका छन् । सरकारले देशभरका मिटरव्याजीविरुद्ध सम्बन्धित प्रशासन कार्यालयमा उजुरी दिन पीडितलाई आह्वान् गरेपछि पीडितले प्रशासनमा उजुरी गरेका हुन् । चितवनमा दर्ता भएका २२ उजुरीमध्ये एउटा उजुरीमा मात्रै निवेदक र विपक्षीबीच मिलापत्र भएको छ । १२ उजुरीमा निवेदक र विपक्षीबीच सहमति तथा …

Read More »

बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि हिजो शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य …

Read More »

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५१ हजार पाँचसय २२ जनाले पाए १० कित्ता

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आज आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट …

Read More »