मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, ४ पुष सोमबार १५:१६

सौराहा जेसिजको पाचौं साखा अधिवेशन सम्पन्न

सौराहा लेडिज जेसिस को पाचौं शाखा अधिवेशन जेसी स्वप्ना पौडेल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। आज सौराहामा भएको उक्त अधिवेशनले जेसि मन्जु महत्तोको अध्यक्षतामा नया समिति सर्वसम्मतले चयन गरेको छ। कार्यकारिणी उपाध्यक्षमा सुनिता पौडेल र सबिता अधिकारी रहेका छन भने माहासचिवमा दीक्षा रिजाल, सह-सचिवमा सान्ती पौडेल, कोषाध्यक्षमा एन्जिला दुलाल, सह-कोषाध्यक्षमा …

Read More »

साना किसान कृषि सहकारी संस्था बछौलीको २५ औं वार्षिक साधारण सभा आज देखि सुरु

४ पौष, रत्ननगर । साना किसान कृषि सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारण सभा सोमबार रत्ननगरमा गरिएको छ । रत्ननगर नगरपालिकाका कार्यवाहक प्रमुख सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष नारायण महतोले आफुहरुको संस्था किसानमैत्री बन्दै प्रविधि प्रयोगमा अघि बढ्ने बताएका छन् । स्थापना देखि नै …

Read More »

पुस १५ बाट चितवनमा दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुँदै

चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने बुद्धिचाल प्रतियोगिता हुने भएको छ । इच्छाकामना युथ स्पोर्ट क्लबको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताबारे दिएको जानकारी अनुसार प्रतियोगीताको प्रवेश शुल्क एक हजार रहेको छ । प्रतियोगिता अब आउँदो पुस १५ …

Read More »

कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने

कांग्रेसमा संसदीय दलको नेता चयन गर्न अब आउँदो बुधवार निर्वाचन हुने भएको छ । आज सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आगामी पुस ६ गते बुधवार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार आज सोमबार मतदाता नामावली प्रकाशन गर्ने र …

Read More »

सांसदहरूको शपथ आउँदो बिहिवार

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ बिहिवार १ बजे हुने भएको छ । गत मंसिर ४को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका दुईसय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते बिहिवार शपथ गर्ने तयारी गरिरहेको हो । नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको बताइएको छ । …

Read More »

चितवनका विद्यालयमा प्रहरीको चेतनामूलक पाठ्यसामग्री

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चितवनका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो । विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर …

Read More »

नारायणगढ मुग्लिन सडक खण्डमा भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा भोलि ५ गते देखि एकमहिना दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी …

Read More »

चितवनका दुई होटल व्यवसायी संगठनबीच भयो एकता ः ‘अर्थतन्त्र जोगाउन एकताबद्ध हुन आवश्यक’

चितवनको होटल व्यवसायी संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघबीच हिजो आइतबार एकता भएको छ । उद्योग वाणिज्य संघ–चितवनको पहलमा होटल व्यवसायीका उक्त दुई संगठनबीच एकता भएको हो । होटल व्यवसायी संघ चार वर्षअघि फुटेको थियो । असन्तुष्ट समूहले होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ स्थापना गरेका थिए । दुवै संघको …

Read More »

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ …

Read More »

अबको तीन महिनामै सरर केबलकारमै मौलाकालिका पुगिने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको …

Read More »