मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०७९, ५ पुष मंगलवार ११:०९

ग्रीनल्याण्डका विद्यार्थीले गरे सडकबाट पुनस्र्थापित बालकहरुलाई सहयोग हस्तान्तरण

ग्रीनल्याण्डका विद्यार्थीले गरे सडकबाट पुनस्र्थापित बालकहरुलाई सहयोग हस्तान्तरण

चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलको कम्युनिटी क्लब तथा इको क्लबका सदस्य विद्यार्थीहरुले सडकबाट पुनस्र्थापित बालकहरुका लागि सहयोग हस्तान्तरण गरेका छन् । विद्यार्थीहरुले नै स्वःस्फुर्तरुपमा आर्थिक संकलन गरि भरतपुर–५, आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान, नेपाल (P2C2) मा रहेका ३१ जना बालकहरुका लागि रु. बीस हजार बराबरको स्कुलको जुत्ता अनि मोजा प्रदान गरिएको हो । कम्युनिटी क्लबका अध्यक्ष सुमन सुवेदी र इको क्लबका अध्यक्ष सुप्रिम पौडेलको अगुवाईमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालयकी प्राचार्य इन्दिरा कार्की, सह–प्राचार्य उपेन्द्र आचार्य, शिक्षक कृष्ण कार्की, संस्थाका सदस्य बिष्णुहरि पौडेल, कार्यक्रम संयोजक मनोज खडका लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा…
Read More
मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था

मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइनबाटै खाता खोल्ने व्यवस्था

मञ्जुश्री फाइनान्सले अनलाइनबाटै खाता खोल्ने व्यवस्था गरेको छ । फाइनान्सले अब अनलाइन सेवा मार्फत् ‘मञ्जुश्री प्रिमियम बचत खाता’ खाता खोल्ने सुविधा उपलव्ध गराएकोे हो । उक्त फाइनान्सले प्रेषित गरेको विज्ञप्तिमा एक वर्ष वा सो भन्दा बढी अवधिको ब्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको जनाएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीएम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध गराउदै आएको जनाएको छ । यस संस्थाले २०७९ मंसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको विज्ञप्तिमा उल्लेख छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ…
Read More
यौन दुव्र्यबहार आरोपमा अरोमा कलेजका शिक्षक गिरफ्तार

यौन दुव्र्यबहार आरोपमा अरोमा कलेजका शिक्षक गिरफ्तार

भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुव्र्यबहार गरेको आरोपमा कलेजका शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई यौन दुव्र्यबहार गर्ने गरेको भन्दै कलेजभित्र आज मंगलबार विद्यार्थीले नाराजुलुस गरेका छन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन् ।आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
Read More
चितवनमा तोरी उत्पादन बढ्ने

चितवनमा तोरी उत्पादन बढ्ने

चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डीकरण बढेपछि तोरी उत्पादन घटेको थियो । कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने जिल्लामा केही वर्षअघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो । तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत…
Read More
प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।यसबाट मुलुकको वैदेशिक मुद्राको सञ्चिति बढाउनमा पनि योगदान पुगेको छ ।…
Read More
आठौं खिचरा महोत्सवः आउँदो पुस २८ देखि माघ ४ गतेसम्म

आठौं खिचरा महोत्सवः आउँदो पुस २८ देखि माघ ४ गतेसम्म

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आठौं खिचरा महोत्सव आयोजनाका लागि अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट खिचरा महोत्सवले यसअघि घोषणा गरिएको मितिलाई केही परिवर्तन गरि नयाँ मितिमा अनुमति पाएको हो । जसअनुसार अब आउँदो पुस २८ देखि माघ ४ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा खिचरा महोत्सव चल्ने छ । यसअघि आयोजकले आउँदो पुस २९ देखि माघ ९ गतेसम्म महोत्सव आयोजनाको घोषणा गरेको थियो । विगतमा सातौं खिचरा महोत्सवसम्म यही मितिमा आयोजना हुँदै आइरहेको थियो । यसपटक एकै ठाउँमा दुई वटा महोत्सवको मिति घोषणापछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले खिचरालाई केही समय हेरफेर गरि…
Read More
चितवनमा एक महिनामा ४७ सवारी दुर्घटनाः  १२ जनाले गुमाए ज्यान

चितवनमा एक महिनामा ४७ सवारी दुर्घटनाः १२ जनाले गुमाए ज्यान

चितवनमा सवारी दुर्घटनाबाट गत मङ्सिर महिनामा १२ जनाको मृत्यु भएको छ । यो एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र ७४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा चारजनाको मृत्यु र ४१ जना घाइते भएका छन् । यसैगरी, पूर्व पश्चिम लोकमार्गमा नौ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा सात वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी राजमार्गमा तीन वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीनजना घाइते र शहरी सडकखण्डमा पाँच वटा…
Read More
हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो क्यामेरा ट्यापिङ

हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो क्यामेरा ट्यापिङ

चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । यही पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जङ्गली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्यापिङको काममा राखिएको हो । मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्यापिङको काम भइरहेको जनाइएको छ । अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ । मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ घाइते अवस्थामा रहेको सूचनाका आधारमा क्यामेरा ट्यापिङ्को…
Read More
अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाको जितको खुसीमा चार विद्यालयलाई खेल सामग्री सहयोग गर्ने डा. अधिकारीको घोषणा

अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले हिजो सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् । उक्त दीप प्रज्ज्वलन कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका चारवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट दुई–दुई विद्यालय छानेर कुल चारवटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी भरतपुर र माडीका दुई–दुई विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री…
Read More
चितवनमा जाडो बढेसँगै बढ्यो इन्फ्लुएन्जाको जोखिम

चितवनमा जाडो बढेसँगै बढ्यो इन्फ्लुएन्जाको जोखिम

चितवनमा जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)संक्रमण जोखिम बढेको छ । चितवनका मुख्य अस्पतालहरुमा इन्फ्लुएन्जाका बिरामीहरु देखिन थालेसँगै यसको जोखिम बढेको हो । चितवनमा जाडोको मौसम सुरु भएसँगै इन्फ्लुएन्जाको बिरामीहरु फाट्टफुट्ट देखिन थालेको भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँले चितवनमा यसको जोखिम रहेको भन्दै जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा संक्रमण हुने बताउनुभयो । विशेष गरी दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेकोले पोसिलो र तालो खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.