मितिः २०८१, २६ भाद्र बुधबार

Daily Archives: २०७९, ८ पुष शुक्रबार ११:१५

वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद अब आउँदो चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । हिजो विहीबार बसेको परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको बताइएको छ । दोस्रो संस्करणका …

Read More »

सौराहामा क्रिसमसको इभको तयारी पूरा

सौराहा ०८ पुुस । चितवनको पर्यटकीय नगरी सौराहामा क्रिसमस इभको तयारी पुरा भएको छ । क्रिसमस इभमा शनिवार बेलुका सौराहामा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान)सौराहाले क्रिसमस इभलाई भब्य बनाउन सौराहालाई सजाएका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गर्दै आएको चितवन हात्ती महोत्सव रोकिएपछि …

Read More »

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेश सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम अब आउँदो पुस १४ गते बिहिवार हुने भएको छ । आज शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो । उक्त बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको …

Read More »

एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्रै परीक्षा दिन पाउने

२०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै कक्षागत वैशाखमा सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी भदौ ११ र १२ …

Read More »

पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीले अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले आज शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा …

Read More »

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ वटा बाघ, पाँच वटा …

Read More »

यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

भरतपुर महानगरपालिकामा हिजो बिहीबारदेखि यातायात व्यवस्थापनमा नयाँ नियम लागू भएपछि यात्रुहरु दोहोरो भाडाको मारमा परेका छन् । नयाँ नियम लागू भएपछि लोथरतर्फबाट आउने यात्रु भने नारायणगढ पुग्न एउटा गाडीबाट झरेर अर्काे गाडी चढ्नुपर्ने बाध्यताका बीच भाडा पनि दोहोरो तिर्नुपर्ने भएपछि यात्रुहरु मारमा परेका हुन् । यसअघि लोथरतर्फबाट आउने बसले यात्रुलाई …

Read More »

बागमती प्रदेशमा पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय बयालीस जनाले गुमाए ज्यान

बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) यस आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय ४२ जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार यस आवको साउनदेखि मंसिरसम्म गरी पाँच महिनाको अवधीमा छ सय ३९ वटा सवारी दुर्घटनामा परी एकसय ४२ जनाको मृत्यु र एकहजार चारसय …

Read More »

यि हुन् १९ वर्ष दुई महिना केन्द्रीय कारागारमा बिताएर छुटेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज !

सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर हिजो बिहिबार थुनामुक्त भएका छन् । केन्द्रीय कारागार, सुन्धाराले उहाँलाई थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उहाँलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन । …

Read More »