मितिः २०८१, ४ फाल्गुन आईतवार

Day: २०७९, १५ पुष शुक्रबार १०:५३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते आइतबार अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा…
Read More
मधेस प्रदेशसभाका एकसय चार सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभाका एकसय चार सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो

मधेस प्रदेशसभाका एकसय चार सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाउनुभएको हो । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण नगरेको जनाइएको छ । दुवैजना समानुपातिक सांसद हुन् । सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभाले जनाएको छ । मधेश प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी एकसय सात प्रदेश सांसद छन् ।
Read More
थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या पुग्यो उन्नतीस

थप चारजनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या पुग्यो उन्नतीस

पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । आठसय ८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Read More
चितवनमा साठी वर्षअघि टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

चितवनमा साठी वर्षअघि टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ । विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३दशमलव ०५ प्रतिशत अंक प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो । हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य…
Read More
ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति

ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति

तमू ल्होसार २०७९ को अवसरमा कलाकारहरूले भरतपुरमा सांगितिक धमाका दिएका छन् । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमअन्तर्गत चितवनका तमू विद्यार्थीहरूले सांस्कृतिक धमाका पिटेका छन् । विभिन्न खालका गीतमा नृत्य प्रस्तुत गर्दै बाघ वर्ग (तोल्हो)लाई बिदाइ र बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरिएको छ । कार्यक्रममा चितवनबाहेक देवघाट, गैँडाकोटलगायतका क्षेत्रबाट पनि नाचगानका लागि कलाकारहरूको टोली महाबौद्ध गुम्बा परिसरमा भेला भएका थिए । विद्यार्थी तथा विभिन्न आमा समूहले प्रस्तुती दिँदै गर्दा बीचबीचमा विभिन्न गायक गायिकाहरूले कार्यक्रमलाई थप रोचक बनाएका छन् । ख्यातिप्राप्त कलाकारहरू शितल गुरूङ, सविन गुरूङ, तिलक गुरूङ, चिजा तामाङ, निर्जला गुरूङ, सूचना…
Read More
पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

सडक विभागले भत्काएपछि लथालिङ्ग भएको नारायणगढ क्षेत्रका अग्रभागका घरहरुको मर्मत गर्न थालिएको छ । सम्बन्धित घरधनी र व्यवसायीले भत्किएका संरचनामा पुनः मर्मतको काम थालेका हुन् । पुनः मर्मतका लागि मजदुर र निर्माण सामग्री जुटाएर धमाधम काम थालिएको छ । केही व्यवसायीले मर्मतको काम सकेर व्यवसायलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले वैकल्पिक बाटोबाट सेवा दिइरहेका छन् । केहीले भने पुनः मर्मतका लागि एक महिनासम्म पनि लाग्ने भनी काम गरिरहेका छन् । घरका टप, सटर, पिलर भत्किएका छन् । बिजुली, इन्टरनेट सेवा प्रभावित भएको छ । भत्केको संरचना बनाएर छिटो व्यवसाय सञ्चालनमा ल्याउन व्यवसायी लागिपरेका छन् ।भत्काइएको संरचना सरसफाइ र मर्मतको…
Read More
विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिएको बताइएको छ । विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) कार्यान्वयन गर्ने समयसीमा…
Read More
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक वर्षको पुष १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.