कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना …
Read More »Daily Archives: २०७९, २० पुष बुधबार ११:१४
रत्ननगरका विद्यालयमा एक करोड तीन लाख रुपैयाँ बेरुजु
चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ । नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गर्नुभएको छ । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उहाँको भनाइ छ । …
Read More »अब सांसदलाई विद्युतीय हाजिरी
राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ । सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था …
Read More »नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै
पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जंगली सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा …
Read More »नवलपरासीका प्रहरी प्रमुख एसपी कडेल प्रहरी हेडक्वार्टर तानिए
आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिनुभएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उहाँको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ । एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत भएको बताइएको छ ।
Read More »सुनको मूल्य वर्षकै उच्च
नेपाली बजारमा आज बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार नौसय रुपैयाँ पुगेको छ । सुनको मूल्य यस दिन तोलामा तीनसय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई …
Read More »चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण
स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । हिजो मंगलबारदेखि सुरु भएको कार्यशाला भोली बिहीबारसम्म सञ्चालन हुनेछ । परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शैक्षिक …
Read More »चितवन महोत्सव रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको १४औँ संस्करण रोक्न माग गर्दै आज बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदीकिनारमा आयोजना हुन लागेको उक्त महोत्सव रोक्न माग गर्दै वातावरण संरक्षणकर्मीले रिट दायर गरेका हुन् । …
Read More »आर्थिक अवस्था कमजोर हुँदा नागरिकहरू रोग पालेरै बस्न बाध्य ।।
नेपालको संविधानले स्वास्थ्यको हकलाइ मौलिक हक अन्तर्गत राखेको भए पनि आर्थिक अवस्था कमजोर हुदाँ नागरिकहरू रोग पालेरै बस्न बाध्य भएका छन् । देशमा तीन तहको सरकार भए पनि विपन्न नागरिकलाई उपचार गर्नै सकस छ । विशेषगरि जटिल रोग लागेका र दुर्घटनामा परेर घाइते भएकाहरू दीर्घ रोग खप्न बाध्य भइरहेका छन् …
Read More »बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै
धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट बसाई सरेर आउनेलाई अनुदानमा लैनो गाई उपलब्ध गराउन थालेको छ । बसाइँ सरेर स्थायी बसोबास गर्न आउने हरेकले प्रोत्साहन स्वरुप उपहारको रुपमा एउटा दुहुनो गाई पाइरहेका छन् । तेह्रथुमको छथरगाउँपालिका सुदापबाट छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा बसाइ सरेर आउँदा लैनो गाई उपहार पाएको स्थानीयवासी बिमला बस्नेतले जानकारी दिनुभयो …
Read More »