मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०७९, १ माघ आईतवार १५:५७

नेपालमा हालसम्म हवाई दुर्घटनाको संख्या एकसय चार पुग्यो, साढे आठ सयभन्दा बढीको मृत्यु

नेपालमा हालसम्म हवाई दुर्घटनाको संख्या एकसय चार पुग्यो, साढे आठ सयभन्दा बढीको मृत्यु

दीपा चालिसे आज पोखरामा भएको निजी वायु सेवा कम्पनी यति एयरलाईन्सको विमान दुर्घटना सहित नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या एकसय चार पुगेको छ । हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी एकसय चार वटा दुर्घटना भइसकेका छन् । उक्त हवाई दुर्घटनामा परी हालसम्म साढे आठ सयभन्दा बढीको ज्यान गइसकेको छ । आज भएको पोखरा दुर्घटनाबाहेक हालसम्म आन्तरिकतर्फ तीनसय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ तीनसय ७५ गरी आठसय ४९ जनाको ज्यान गइसकेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’…
Read More
आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
Read More
पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो । पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.