मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, ४ माघ बुधबार १०:२३

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ’ज्ञानेन्द्र’लाई प्रमुख सचेतक बनाएको छ । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो । शाही जुम्लाबाट निर्वाचित सांसद हुनुहन्छ । उहाँले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराउनु …

Read More »

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० मा लुम्बिनीलाई पराजित गर्दै मधेश प्रदेश सेमिफाइनलमा

सुनसीको इटहरीमा जारी रहेको प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आज बुधवार भएको पहिलो खेलमा मधेशले लुम्बिनीलाइ १६ रनले हराउदै सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए बाट सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्रमसः विजेता र उपविजेताका रुपमा …

Read More »

शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु, दुई करोड ८० लाख नागरिक प्रभावित

अफगानिस्तानमा शितलहरका कारण २० जनाको मृत्यु भएको छ भने दुई करोड ८० लाख नागरिक प्रभावित भएका छन् । राजधानी काबुलको तापक्रम माइनस २१ डिग्रि सेल्सियससम्म मापन गरिएको जनाइएको छ । राजधानी काबुलमा पछिल्लो दुई सातायता अस्वभाविक रुपमा तापक्रम घट्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाका कारण नागरिकलाई कोईला किन्न समेत …

Read More »

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि …

Read More »

साढे २२ लाखरुपैयाँसहित पर्साबाट दुई जना हुण्डी कारोबारी पक्राउ

पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो …

Read More »

कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान झन्डै तीन वर्षपछि फेरी सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो । नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको …

Read More »

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Read More »

आठौं खिचरा महोत्सव आज सकिँदै ः समापन मन्त्री पाण्डेले गर्ने

यही पुष २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ । एक हप्ता सञ्चालन भएको महोत्सवको समापन विकास मन्त्री विक्रम पाण्डेले गर्देै हुनुहुन्छ । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त हुनुभएको हो । उक्त कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर …

Read More »

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरिने

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ …

Read More »