प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव यहि माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन …
Read More »Daily Archives: २०७९, ५ माघ बिहीबार १०:३५
बाँकेको थप तीन पालिमा पनि फैलियो दादुरा संक्रमण
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्र देखिएको दादुरा संक्रमण अन्य पालिकामा समेत फैलिएको छ । यसअघि नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै देखिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा समेत फैलिएको जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जले जनाएको छ । खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुराको संक्रमण देखिएको …
Read More »एकसय ६७ मतसहित सभामुखमा एमालेका घिमिरे निर्वाचित
प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत र विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा …
Read More »जिउँदो शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक
विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो । चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा …
Read More »काठमाण्डौमा तीन जनाको साथबाट सातसय ३१ थान पासपोर्ट बरामद
काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २६ गोङ्गबुमा रहेको दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ । गोङ्गबुको वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने …
Read More »प्रदेशभित्र २६ पकेट क्षेत्र घोषणा गरेर काम गर्छौंः मुख्यमन्त्री जम्मकट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम …
Read More »सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । सिभिल महलको भुँइतलामा आज बिहिवार दिउँसो ११ः ४० मा ३० वर्षिय विशाल लामिछाने गुरुङले आफ्नै जिउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको बताइएको छ । घटनाको …
Read More »मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा
मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको …
Read More »धवलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो
पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो । पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ …
Read More »निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु
निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगले …
Read More »