मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०७९, १३ माघ शुक्रबार १०:४७

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो । राष्ट्रिय सभा उपाध्यक्ष पद एक वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभाको…
Read More
ग्लोबल आइएमइ बैंकद्धारा भरतपुरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमइ बैंकद्धारा भरतपुरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेकोे छ । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गरिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । कार्यक्रममा बैंकका शहिदचोक…
Read More
स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजारमा एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्बर वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो । उक्त वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै भएकाले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी हुने उहाँको भनाई छ । पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री…
Read More
ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्नुभएको छ । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७–६ (७–२), ६–४, ६– ७ (६–८), ६–४ को सेटमा पराजित गर्दै २४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुग्नुभएको हो । उहाँले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नुहुनेछ । सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने हुनुभएको हो । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुग्नुभएको थियो । त्यसबेला उहाँ जोकोभिचसँगै पराजित हुनुभएको थियो ।
Read More
काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा आज शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध ¥याली आयोजना गरेका हुन् । आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरूले अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन धर्नाको कार्यक्रम गरेका हुन् । हिजो विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी आन्दोलित भएका हुन् । भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम…
Read More
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिह्नाको संवैधानिक इजलासमा आज लामिछाने पक्षका वकिलहरु वरिष्ठ अधिवक्ता नरेन्द्र गौतम लगायतले बहस सकेपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गर्नुभएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै सांसद पद खारेजीको…
Read More
भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

मङ्गलबार गएको भूकम्पका कारण बाजुरामा ४२ परिवार विस्थापित भएका छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ गरी ४२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पबाट प्रभावित परिवार आफन्तकहाँ बसेका छन् । घरमा बस्न सक्ने अवस्था नरहेका पाँच परिवार भने त्रिपालको सहारमा छन् । बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार त्रिपालमुनि रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उक्त भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले सङ्कलन…
Read More
वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि निःशुल्क व्यवसायिक तालिम सुरु

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि काठमाडौँमा निःशुल्क तालिम सञ्चालन भएको छ । सुरक्षित आप्रावासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले बुधबारबाट विदेश जान चाहने महिला र पुरुष दुवै जनाको लागि खान बस्न सहित निःशुल्क तालिम सञ्चालन गरेको हो । महिलाहरुको लागि माघ १८ मा गार्मेन्ट मेसिन अपरेटर तालिम हुने चितवनका सामी कार्यक्रमका संयोजक सूर्य पौडयालले बताउनुभएको छ । पुरुषले माघ १५ मा प्लम्बर, माघ २१ मा वेल्डर, माघ २२ मा स्काफोल्डिङ, माघ २३ मा हुने पाइप फिटर र माघ २९ मा इन्डस्ट्रियल इलेक्ट्रिसियन सम्बन्धी तालिम हुनेछ । पुरुषहरुको लागि तालिम काठमाडौं, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ…
Read More
भरतपुरको फोहोर व्यवस्थापनबारे मन्त्री पाण्डेको ध्यानाकर्षण

भरतपुरको फोहोर व्यवस्थापनबारे मन्त्री पाण्डेको ध्यानाकर्षण

भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापनको विषयलाई लिएर ‘सेभ नारायणी’का अभियान्ताले शहरी विकास मन्त्री विक्रम पाण्डेको ध्यानाकर्षण गराएका छन् । मन्त्री पाण्डे चितवन आएको मौका पारि उहाँकै निवासमा पुगेर अभियान्ताले ध्यानाकर्षणसहितको पत्र दिएका हुन् । सर्वाेच्च अदालतको आदेशपछि पनि नारायणी नदी किनारमा गाडिएको फोहोर ननिकालिएको पत्रमा उल्लेख गरिएको छ । साथै भरतपुरमा सुरक्षित र आधुनिक ल्यान्डफिल साइट निर्माणको लागि आवश्यक पहल गरिदिन उनीहरुले मन्त्री पाण्डेलाई आग्रह गरेका छन् । मन्त्री पाण्डेले यस अभियानलाई निरन्तरता दिन र महानगरपालिकालाई दीर्घकालीन फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल साइट निर्माण गर्न जिम्मेवार नागरिक र जागरुक युवाहरुले आवश्यक दबाब दिइरहन सुझाव दिनु भएको छ । त्यस्तै, मन्त्री पाण्डेले फोहोर…
Read More
लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको बिहिवार राति निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बन्नुभएका पौडेलको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनुभएका उहाँको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी भइ उपचार गरिहनुभएका पौडेल त्यसयता घरमै आराम गरिरहनुभएको थियो । पौडेलको पार्थिव शरीरलाई आज शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ । उहाँलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जानेसमेत बताइएको छ । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । भीम शालीन स्वभावका गायक पौडेलको निधनले समग्र लोकदोहोरी क्षेत्रमै अपूरणीय क्षति पु¥याएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.