मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०७९, १६ माघ सोमबार ११:००

एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

यो एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार तीनसय२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार नौसय २९ जना रहेको थियो । सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार आठसय ११ जना यात्रुको आगमन भएको तथ्यांकले देखाएको छ ।…
Read More
सिरहामा ब्राउन सुगरसहित नौ जना पक्राउ

सिरहामा ब्राउन सुगरसहित नौ जना पक्राउ

सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका २ मझौराबाट ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित नौ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ओमप्रकाश यादवको घरमा छापा मारेर उनै घरधनी यादवसहित सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पनि…
Read More
पर्साको मालपोत कार्यालयबाट आठ जना पक्राउ

पर्साको मालपोत कार्यालयबाट आठ जना पक्राउ

प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट आठजनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो । मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । उनीहरु…
Read More
अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
Read More
बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उहाँका दुई वर्षीय छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ । हिजो आईतबार बेलुका ५ बजे ३० वर्षीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका विकलाई गएराति १ बजेतिर नै भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते हुनुभएका दुई वर्षीय छोरा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती…
Read More
राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव अब आउँदो फागनु २५ गते बिहिवार हुने भएको छ । निर्वाचन आयोगले आज सोमबार राष्ट्रपतिको चुनावको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्ष कार्यकाल २०७९ फागनु २९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । यस्तै आयोगले उपराष्ट्रपतिको चुनावको मिति पनि तय गरेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी मिति तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन २०७४ चैत ४ मा निर्वाचित हुनुभएको थियो ।
Read More
ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । छ जना भने घाइते भएका छन् । उक्त दुर्घटनामा ट्याक्सीमा सवारछ६ जना र कारमा सवार दुईगरी आठजना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्ने मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था भने गम्भीर रहेको छ ।…
Read More
रवि लामिछानेको नेतृत्वमा छापा हानेको सामुदायिक वनका अध्यक्षसहित पाँच पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेको नेतृत्वमा छापा हानेको सामुदायिक वनका अध्यक्षसहित पाँच पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी

चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित पाँचजना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन वन कार्यालयले जनाएको छ । वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले बताउनुभएको छ । पक्राउ पुर्जी जारी सबै जना फरार रहेकाले उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ । डिभिजन वन कार्यालय चितवनले…
Read More
पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरामा आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी सापकोटाको उपचारको क्रममा मृत्यु

पोखरा–१३ काहूँखोलामा हिजो आइतबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते हुनुभएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।उपचारकै क्रममा उहाँको आज बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आउनुभएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले हिजो आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेपछि उहाँलाई बचाउने क्रममा सापकोटा सख्त घाइते हुनुभएको थियो । घाइते दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।अस्पतालमा उपचार गराइरहनुभएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.