मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, २४ माघ मंगलवार ११:०२

दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहनुभएकी समान्था पावर दुईदिने भ्रमणका लागि आज मंगलबार बिहान नेपाल आइपुग्नुभएको छ । नेपाल आएलगत्तै समान्था भक्तपुर पग्नुभएको छ । अमेरिकी दूतावासका अनुसार उहाँले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ । समान्थाको यस भ्रमणलाई …

Read More »

टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

सिरियाको सीमा नजिकै टर्कीमा हिजो सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञको टोली आएर खोज्ने क्रम सुरु भएसँगै ज्यान गुमाउनेको संख्या पनि …

Read More »

नेपाल रेडक्रस सोसाइटीद्धारा ३० वटा एम्बुलेन्स हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले विभिन्न जिल्लास्थित रेडक्रसका निकायलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा प्रदान गरेको हो । आज मंगलबार काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरी ‘ख’ वर्गका एम्वुलेन्स खरिद गरी ३० जिल्ला स्थित रेडक्रसका निकायहरु मार्फत सञ्चालन गर्ने गरी सम्वन्धित जिल्लाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो …

Read More »

नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति …

Read More »

मैतीदेवी प्रहरी बिटमा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले प्रहरी विटमा डोजर चलाएको हो । सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जाकारी दिनुभयो । उहाँका अनुसार मापदण्डविपरीत बनेका टहरा हटाउने क्रम जारी छ । …

Read More »

पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा निधन

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको आज मंगलबार निधन भएको छ । ५९ वर्षिय घलेको उपचारकै क्रममा शिक्षण अस्पताल काठमाडौंमा निधन भएको हो । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराउनुभएका घले केही समयदेखि नेपालमै उपचाररत हुनुहुन्थ्यो । व्यवसायी समेत रहनुभएका मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको …

Read More »

मधेस प्रदेशले पुर्णता पायो, माओवादी सरकारमा सहभागी

मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ ग्रहण हुनेछ । भागबण्डामा एउटा मात्रै …

Read More »

फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने भएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उक्त खोप फागुन …

Read More »

तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म …

Read More »

दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका …

Read More »