मितिः २०८१, २० आश्विन आईतवार

Daily Archives: २०७९, २५ माघ बुधबार ११:३७

टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीमा सोमबार गएको भुकम्पमा परि कम्तीमा सात हजार नौसय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त भुकम्पबाट करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ । टर्की र सिरियामा गरी हालसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार नौसय भन्दा बढी मानिसको मृत्यु भएको …

Read More »

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा गएराती १२ जना मारिएका छन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा …

Read More »

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा …

Read More »

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि …

Read More »

सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा …

Read More »

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री …

Read More »

मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ । २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको …

Read More »

चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवन क्षेत्र नम्बर २ मा चैतपछि मात्रै उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवनमा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको हो । उहाँका अनुसार मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने थपलियाको भनाई छ । …

Read More »