
म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो
पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा तीनवटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो । म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएकाले कारबाही स्वरुप ठेक्का तोडिएको…