मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०७९, २ फाल्गुन मंगलवार ११:०६

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले गरे श्रीमतीको हत्या

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले गरे श्रीमतीको हत्या

दैलेखमा विवाह भएको दुई महिनामै एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालोले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । कृष्णबहादुर र पार्वतीबीच गत मङ्सिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो…
Read More
स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा मटिहानी–८ का २९ वर्षका महेश यादव रहेका छन् । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएकोे छ ।
Read More
एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बने रोहित

एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बने रोहित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली त्रिकेटर बन्नुभएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गर्नुभएको हो । ३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाउनुभएको छ । एकदिवसीयमा उहाँको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उहाँको औसत ३५ भन्दा धेरै छ । एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाउनुभएको छ । त्यस्तै आसिफ शेखले…
Read More
बीबीसीको दिल्ली कार्यालयमा भारतकको आन्तरिक राजस्व कार्यालयको छापा

बीबीसीको दिल्ली कार्यालयमा भारतकको आन्तरिक राजस्व कार्यालयको छापा

भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो । मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो । भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने…
Read More
एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजान सांसदहरु सहमत

एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजान सांसदहरु सहमत

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसद्ले स्वीकार्नुपर्नेमा सहमत भएका हुन् । आजको छलफलमा संसदमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पु¥याउने व्यवस्था नियमावलीमा हुनुपर्ने सांसदहरूले माग गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । संसद्को कार्यकाल सकिएर नयाँ संसद् आएपछि महाअभियोग के हुने हो कुनै निश्चित छैन । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि भने महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुनेछ । त्यस्तै, समितिमा राष्ट्रपति…
Read More
आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार, साथीभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम, सद्भाव साटासाट गर्ने प्रचलन रहि आएको छ । विशेषगरी, यो दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदानप्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमीप्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिन्छ । प्रेमका पक्षधर सन्तभ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन…
Read More
नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा हिजो सोमबार भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । हिजो सोमबार सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज २०औँ दिनमा आइपुगेको छ । महायज्ञमा हिजो सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहनुभएका भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुनुहुन्छ । उहाँले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न योगी पिताम्बर र आमन्त्रित कथावाचक…
Read More
काठमाडौंको गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौंको गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

गृहमन्त्रालयले हिजो सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिनुभएको हो । यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए । त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । हिजो सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट…
Read More
बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । हिजै फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो…
Read More
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै गएको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण पनि थपिँदै गएका छन् ।सोही कारण उक्त अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । एकैवर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट उक्र अस्पतालमा बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.