
पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन
पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाउनुभएको थियो । बेल्जियमका सञ्चारमाध्यमका अनुसार पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढल्नुभएको थियो । मैदानमै अचेत हुनुभएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगेको भएपनि त्यसको केही समयपछि नै उहाँको मृत्यु भएको हो । रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने…