काठमाडौँ । कोरोना माहामारी फैलिने दर बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्व निर्धारित परीक्षा स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा बोर्डले अर्को सूचना नआउँदासम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा बोर्डका नियन्त्रक कृष्णप्रसाद शर्माले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि बोर्डले अर्को सूचना दिनेछ । बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।

स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोका कारण परीक्षा स्थगित गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र समक्ष हिजो सिफारिस गर्नुभएको थियो ।

एसईईको नतिजा सार्वजनिक 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजालाई प्रमाणिकरण गरी आजै सार्वजनिक गरेको छ ।

२०७७ सालको एसईईको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा निकालिएको हो । देशभरबाट प्राप्त नतिजालाई आज बसेको बोर्डको बैठकले प्रमाणिकरण गरी सार्वजनिक गरेको नियन्त्रक रुद्र अधिकारीले जानकारी दिनुभयो ।

२०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बोर्डले बताएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय