खैरहनी नगरपालिकामा निस्सा वितरण कार्यक्रमको सुभारम्भ भएको छ।
आज एक कार्यक्रमको बिच खैरहनी नगरपालिका वार्ड नम्बर १३ सिम्रेनीमा खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले भुमिहिन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गर्नु भएको हो।
कार्यक्रममा बोल्दै निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथी एवम खैरहनी नगरपालिकाका नगरप्रमुख खनियाले राजनैतिक आस्था भन्दा पनि वास्तविक भुमिहिनले निस्सा पाउनुपर्ने भन्दै आफू यसका लागि अहोरात्र लागि पर्ने बताउनु भएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाले भुलवस कसैको विवरण विग्रीएको भए सम्बन्धित वडा कार्यलय वा नगरमा गएर सच्याउन आग्रह समेत गर्दै आफू जनताको सेवा गर्न आएकोले आफू हरदम खैरहनीबासीको साथमा रहेको बताउनु भएको छ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले कोहि छुटेको भए फेरि समावेश गरि निस्सा प्रदान गरिने बताउनु भएको छ।
स्वागत मन्तव्य राख्दै खैरहनी १३ का वडा सदस्य जीवन कार्कीले वडा ले वास्तविक सुकुमबासीको पहिचान गरेकाले यश कार्यक्रमबाट वडा भित्रका २८३ भुमिहिन सुकुम्बासीको मुहारमा खुसी भर्न आफुहरु सफल भएको बताउनुभएको छ।
कार्यक्रममा बोल्दै खैरहनी १३ का वडा अध्यक्ष एवम कार्यक्रमका सभापति कुल प्रसाद भुसालले आफ्नो पहिलो प्राथमिकता भुमिहिन सुकुमवासी लाई निस्सा हस्तान्तरण रहेको भन्दै यसको लागि आफू प्रतिबद्द रहेको बताउनुभएको छ।