रत्ननगर नगरपालिका वडा नं १० पर्सौनीमा सञ्चालित एकदिने आँखा शिविरबाट करिव दुई सय भन्दा बढी लाभान्वित भएका छन्। लियो क्लब अफ नारायणगढ चित्रवन र एम डि मोटर्सको संयुक्त आयोजनामा सञ्चालित शिविरमा मङ्गलबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो।
चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा रत्ननगरका आँखाका विभिन्न समस्याबाट ग्रसित बिरामीहरु र सवारी चालक र सहचालकले सेवा लिएका थिए।
अस्पतालको दुरी टाढा र विविध कारणले अस्पताल पुग्न नसकी आँखामा समस्या भएकाहरूले सेवा लिएका हुन।
कार्यक्रममा रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल,
निवर्तमान वडा अध्यक्ष केशव अाचार्य, जिल्ला ट्राफिक कार्यालयका कृष्ण ठकुरी , एम डि मोटर्सका प्रमुख दानस गौतम , लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला उपाध्यक्ष लियो किरण लामिछाने , एरिया ३ का
एरिया चिफ लियो विनय खड्का , रिजन ४ का आर सी लियो सन्तोष सुवेदी लगायतको सहभागीता रहेको लियो रोशन ओझाले जानकारी दिनुभयो। उक्त निशुल्क आँखा शिविर कार्यक्रम लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष लियो विमोचन आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।