रत्ननगर । इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्डस नेटवर्कले ग्राहकहरुका लागि दसैँ अफर सार्वजनिक गरेको छ । सो कम्पनीले ४० एमबिपिएस स्पिडको इन्टरनेट प्रति महिना रु ६६६ मा उपलब्ध गराउने गरी अफर सार्वजनिक गरेको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले वडादसैँको अबसर पारेर अफर सार्वजनिक गरेको र मौकाको फाइदा लिन ग्राहकहरुलाई आग्रह गरेको छ । कम्पनीका पूर्वी चितवन प्रमुख यमन भुषालले वडादसैँको अवसरमा ग्राहकहरुले केही न केही अफर खोज्ने भन्दै सामान्य आर्थिक हैसियत भएकाहरुले समेत इन्टरनेटको प्रयोग गर्न सकुन भनेर रु ६६६ मा ईन्टरनेटको सेवा प्रदान गर्न लागिएको बताए ।

भुषालले यो सेवा बार्षिक ग्राहकका लागि मात्र रहने जानकारी समेत दिए । उनले व्यवसायिक प्रयोजनका लागि केस नामक राउटर पनि आफुहरुले बजारमा ल्याएको बताए । जसको प्रयोगले एउटै राउटरबाट घर तथा अफिसको सबै ठाउँमा इन्टरनेटलाई सहज ढंगबाट प्रयोग गर्न सकिने भुषालको भनाई छ ।

कम्पनीका पूर्वी चितवन बजार प्रमुख टीका लामिछानेले अहिले कम्पनीले ४० एमबिपिएसको रु ६६६, ७० एमबिपिएसको रु ७३० र १०० एमबिपिएसको रु ८३३ मा सेवा प्रदान गरि रहेको बताए । उनले पुराना ग्राहकहरुलाई पनि कम्पनीले रिचार्जमा बिशेष अफर योजना ल्याएको पनि जानकारी दिए । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको सो कम्पनीले हाल ७० जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ ।

पूर्वी चितवनमा मात्रै सो कम्पनीका १० हजार भन्दा बढी ग्राहक रहेका छन् । हाल सो कम्पनीले पूर्वी चितवनको टाँडी, पर्सा, भण्डारा, खोलेसिमल र भालुमाराबाट आफ्नो सेवा प्रदान गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार